पार्टी निर्णय विरोध गर्नेलाई कारबाही गरिन्छ : सभापति कोइराला

१८ कार्तिक २०६९, शनिबार १७:४८ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक ।  कांग्रेस सभापति सुशील कोइरालाले पार्टीले गरेको निर्णय अवज्ञा गरी आफु खुशी बोल्दै हिड्ने पार्टीका कुनै पनि नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन् । संविधानसभा पुनस्र्थपनाको माग गर्दै आएका पार्टीका पुर्व सभासदहरु तर्फ लक्षित गदैृ सभापति कोइरालाले भने, ‘यहाँ पार्टी भन्दा ठुलो कोही छैन, पार्टी निर्णय विरुद्ध उभिनेलाई कडा कारबाही गरिन्छ ।
कांग्रेसले केही दिन अघि नयाँ जनादेशका लागि चुनावमा जाने निर्णय गर्दै संविधानसभा पुनस्र्थापनाको ढोका बन्द गरेपछि पार्टीका पुर्व सभासद् तथा उपसभापति रामचन्द्र पौडेर र नेता शेरबहादुर देउवाले त्यसको विरोध गरेका थिए ।
भक्तपुरमा आजदेखि सुरु भएको नगरसभापति भेलामा कोइरालालाई सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध नलाग्न पूर्वसभासद्हरुलाई आग्रह समेत गरे । संविधानसभा पुनःस्थापना पक्षधर उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवाले पनि ताजा जनादेशमै जानुपर्ने भन्दै भेलामा आफ्नो धारणा राखेका थिए । पार्टीले निर्णय नगर्दा परिस्थिति भिन्नै थियो, पौडेलले भेलालाई सम्बोधन गर्दै भने, ‘अब नयाँ चुनावमा जाने निर्णय भइसकेको छ, सवैले एउटै कुरा बोल्नुपर्छ ।’
नेता देउवाले पुनः संविधानसभाको चुनाव गर्दा पनि संविधान बन्ने ग्यारेन्टी नभएकाले पुनःस्थापना रोजे पनि पार्टीले निर्णय गरेपछि त्यसमै सहमति जनाउनुपर्ने बताए । उनले पुनः चुनाव गर्दा खर्चिलो हुने उल्लेख गरे ।
यसैबीच शनिबार नै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले विज्ञप्ती जारी गर्दै संविधानसभा पुनःस्थापनाको वकालत नगर्न पूर्वसभासद्हरुलाई आहृवान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार