ओलीको स्वास्थ्यमा सामान्य सुधार, आवश्यक परे आइतवार दिल्ली लगिने

१८ कार्तिक २०६९, शनिबार १७:३७ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । एमाले नेता केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । स्थास्थ्यमा सुधार आएपछि उनको समग्र स्वास्थ्य परिक्षण र थप उपचारका लागि शनिवार दिल्ली लगिने तयारी गरिए पनि स्थागित गरिएको छ ।
छातीमा संक्रमण भएर उच्च ज्वरो र खोकी बढेपछि उनलाई शुक्रवार पौने पाँच बजे नर्भिक अस्तपाल भर्ना गरिएको थियो । रगतमा अक्सिजनको मात्रा कम भएपछि शुक्रवार बाहिरी भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । शनिवार बिहान भने अक्सिजनको मात्रा बढेको उपचारमा संलग्न चिकित्सक भारत रावतले वताए ।
नर्भिकमा ओलीलाई उपचार गरिरहेका चिकित्सकहरुले दिल्लीको मेदान्त वा एपोलो अस्पताल लैजान सल्लाह दिएका थिए । तर, ज्वरो र फोक्सोको इन्फेक्सनमा सुधार आएपछि ओलीलाई थप एक दिन नर्भिकमै राखेर उपचार गर्ने भन्दै शनिवार नर्भिकमै राखिएको हो । ‘स्वास्थ्यमा पनि सुधार आएको छ र दिल्ली लैजाने प्रोसेसमा पनि ढिलाई भयो’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘थप उपचारका लागि दिल्लीमै लैजाने वा यहीं उपचार गर्ने भोलि (आइतवार) विहान निर्णय हुन्छ ।’ छातिको इन्फेक्सन र निमोनियामा सुधार आए पनि त्यसले मिर्गाैलामा इन्फेक्सन हुन सक्ने भएकाले मात्रै उनलाई थप उपचारका लागि दिल्ली लगिन सक्ने ओलीका सहयोगी श्रीराम बजगाईंले वताए । ‘नर्भिक अस्पतालमै भएको उपचारमा उहाँको स्थास्थ्यस्थितिमा सुधार आइरहेको छ’ बजगाईंले भने, ‘मिर्गाैलामा असर पर्न सक्छ कि भनेर होल ट्रिटमेन्ट गर्न दिल्ली लैजाने भनिएको हो, त्यस विषयमा भोलि मात्रै निक्र्याैल हुन्छ ।’ चारवर्षअघि ओलीको मिर्गाैलजा प्रत्यारोपण र अन्य नियमित उपचार नयाँ दिल्लीको एपोलो अस्पतालमण हँुदै आएको थियो ।
शनिवार बिहान ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस उपसभापति रामचन्द्र पौडेल ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । त्यस्तै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल, एमाले नेताहरु भरतमोहन अधिकारी, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल शुक्रवारै ओलीलाई भेट्न अस्पताल पुगेका थिए । शुक्रवारै साँझ गृहमन्त्री विजयकुमार गच्छेदारसमेत ओलीलाई भेट्न अस्पताल पुगेका थिए ।
नर्भिकमा ओलीलाई नर्भिक अस्पतालका निर्देशक तथा मुटु रोग विशेषज्ञ डा भारत रावत, फोक्सो विशेषज्ञ बजेन्द्र श्रीवास्तव र कलेजो रोग विशेषज्ञ दिलीप शर्माको टोलीले उपचार गरिरहेको छ ।  एसियाली राजनीतिक दलहरुको सम्मेलन (आइक्याप) र ल्याटिन अमेरिकी तथा क्यारेबियन राष्ट्रहरुको स्थायी सम्मेलन (कोप्पल) को संयुक्त बैठकमा भाग लिन दशैं अघि नै अमेरिका गएका बेला ओलीलाई ज्वरो आएपछि न्युयोर्कस्थित नर्थशोर अस्पताल भर्ना गरिएको थियो । दशैं लगत्तै उनी फर्केका थिए । अमेरिकाबाट उपचार गरी फकिर्एको पर्सिपल्टै ओलीलाई फेरि स्वास्थ्यस्थिति बिग्रिएपछि नभिर्क भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा