तीनदलको बैठक आज पनि अन्यौल

९ चैत्र २०६८, बिहीबार ०८:५६ मा प्रकाशित

काठमाडौ, ९ चैत । शान्ति प्रक्रिया र संविधान निर्माणमा देखिएको विवादबारे सहमति जुटाउन मुख्य तीन दलका शीर्ष नेताहरूको बैठक आज पनि अन्यौलमा रहेको छ । अहिले सम्म दलहरुको बैठकको कार्यतालिका नबनाएका कारण बैठक अन्यौलमा रहेको हो । नेताहरुका व्याक्तिगत कार्यतालिका बनिसकेको र एमाले अध्यक्ष दिल्ली जाने भएकाले आज बैठक बस्ने नबस्ने अन्यौल रहेको एमालेका प्रमुख सचेतक भीम आचार्यले जानकारी दिनुभयो । अस्तीको सहमति अनुसार दलहरुले हिजो र आज सम्म शान्ति र संविधानका विवाद समाधानका लागि आधार तय गर्ने बताएका थिए । राज्यपुनर्संरचनाका विषयमा आईतबार बैठक बोलाउने गरि सभामुख सुवासचन्दै नेम्वाङ दलहरुको परामशृमा रहनु भएको छ । भोली राज्यपुनर्संचना तथा राज्यशक्ति बाँडफाँड समितिका सदस्यहरुसँग परामर्श गर्ने र आज नेताहरुसँग अनौपचारीक छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समितिले यही चैत १० गतेभित्र बाँकी विवादित विषयमा सहमति गरिसक्नुपर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट