प्रधानसेनापति अष्ट्रेलिया भ्रमणमा

१८ कार्तिक २०६९, शनिबार १६:३५ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । अमेरिकी सेनाको प्रशान्त क्षेत्रिय कमाण्ड तथा अष्ट्रेलियन डिफेन्स फोर्सको संयुक्त तत्वाबधानमा मिति २०६९ कार्तिक २० देखि २३ गते सम्म अष्ट्रेलियाको सिड्नीमा अयोजना हुने १५ औँ ‘एनुअल चिफस् अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति गौरब शम्शेर ज.ब.रा. शनिबार सिड्नी प्रस्थान गर्नुभएको छ ।
प्रधानसेनापति ज.ब.रा.लाई बलाधिकृत रथी नेपाल भूषण चन्द, अमेरिकी राजदुत, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, रक्षा सहसचिव लगायतले विदाई गरेका सैनिक जनसम्पर्क निदैृशनालयले जनाएको छ ।
विभिन्न २७ राष्ट्रका सेना प्रमुखहरुको सहभागितामा सिड्नीमा अयोजना हुन लागेको यस सम्मेलनमा क्षेत्रीय सुरक्षा बस्तुस्थिती लगायत आपसी हितका विषयहरुमा समेत छलफल हुने भएको हुंदा यस सम्मेलन नेपालको लागि फलदायी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।