कपिलबस्तुमा २५ लाखको लगातमा वृद्धवृद्धाहरुको लागि वृद्धाश्रम निर्माण हुने

१८ कार्तिक २०६९, शनिबार १६:२३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, कातिक १८ । कपिलस्तुमा गौतम वुद्ध वृद्धाश्रमको आज पुर्व सभासद तथा महिला वालवालिका तथा समाजकल्याँण मन्त्री दानवहादुर चौधरीले शिलान्यास गर्नुभएको छ । सनशाईन सामाजिक विकास संस्था र महिला तथा वालवालिका कार्यालय कपिलवस्तुको सहयोगमा कपिलवस्तु जिल्लामै पहिलो पटक वृद्धवृद्धाहरुको लागि वृद्धाश्रम निर्माण हुन लागेको हो ।
कपिलवस्तु नगरपालिका वडा नं. १२ स्थित रामघाटमा २५ लाखको लागतमा वृद्धाश्रम निर्माण हुन लागेको हो । सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष परशुराम यादवको अध्यक्षता , पुर्वपुर्व सभासद तथा महिला वालवालिका तथा समाजकल्याँण मन्त्री दानवहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिक समाका जिल्ला अध्यक्ष गोपालप्रसाद गुप्ता , ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष गोपालवहादुर सिँह , महिला तथा वालवालिका कार्यालयका प्रतिनिधी , सहित सञ्चारकर्मी , समाजसेवी लगायतका गरी ६० भन्दा वढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा वोल्ने क्रममा प्रमुख अतिथी चौधरीले यस्तो सामाजिक कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियोा , साथै उहाँले वृद्धाश्रमको सहज निर्माण कार्य सम्पन्न हुने शुभकामना दिनुभएको थियो । त्यस्तै कार्यक्रम तथा सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष परशुराम यादवले कार्यक्रम समापन गर्दै वृद्धाश्रम कसैको व्यक्तिगत नहुने भएका कारण सबैले सहयोग गरेमा सहजै निर्माण कार्य सम्पन्न हुने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका