अरनिको राजमार्गको होटलमा प्रहरीको छापा

१८ कार्तिक २०६९, शनिबार १६:०२ मा प्रकाशित

 भक्तपुर, १८ कात्तिक । महानगरीय प्रहरी वृत्त थिमीले अरनिको राजमार्ग खण्ड अन्तर्गत सडकका दुई किनारामा रहेका विभिन्न होटल तथा रेस्टुरेँन्टमा छापामारेको छ । प्रहरीले छापा मार्दा १४ जना युवायुवतिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अरनिको राजमार्गको भक्तपुर खण्डअन्तर्गत लोकन्थलीदेखि साँगासम्मको राजमार्ग दायाँबायाँ खुलेका होटल तथा रेस्टुरेँन्टहरु देहव्यापार गर्ने थलोका रुपमा परिणत भएको गुनासो आएपछि प्रहरीले आज छापा मारी देहव्यापारमा संलग्न रहेका अवस्थामा सात पुरुष र सात महिलालाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले मध्यपुरथिमी नगरपालिका–१३ स्थित बाराही होटल मध्यपुर थिमी–१४ स्थित फूलबारी रेस्टुरेँन्ट र गठ्ठाघरको मिड वे क्याफे एन्ड रेस्टुरेँन्टमा छापामारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका