चुनावका विषयमा छिट्टै टुङ्गो लाग्छ : महरा

१८ कार्तिक २०६९, शनिबार १६:०० मा प्रकाशित

बनेपा, १८ कात्तिक । एकीकृत माओवादी स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महराले राजनीतिक गतिरोधको अन्त्य केही दिनमै हुने बताएका छन् । एमाओवादी धुलिखेल नगर सम्मेलनको आज उद्घाटन गर्दै महराले संविधान बनाएर चुनावमा जाने वा नजाने भन्ने विषयमा पनि केही दिनमै टुङ्गो लाग्ने बताए ।
केही दिनका लागि संविधानसभा पुनःस्थापना गरेर सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने काम भए नयाँ चुनावका लागि नेपाली काँग्रेस वा अन्य कसैलाई सरकारको नेतृत्व दिन सकिने उल्लेख गर्दै महराले कार्यक्रममा त्यसो नभए सरकारको नेतृत्व हस्तान्तरण नहुने स्पष्ट पारे ।
उनले बजेटका कारण मुलुक सङ्कटमा पर्न लागेकाले सरकारले ल्याएको बजेट राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने बताए । नेपाली काँग्रेस र एमालेलगायत केही दलहरु २०४७ सालको संविधान ब्यूँताउने खेलमा लागेको आरोप पनि लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१