सेना समायोजन विशेष समितिको बैठक बस्दै

९ चैत्र २०६८, बिहीबार ०८:५४ मा प्रकाशित

काठमाडौ, ९ चैत । माओवादी लडाकूलाई समायोजन प्रक्रियामा लैजान लडाकू रेखदेख तथा पुनःस्थापना सम्बन्धि विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो ४ बजे समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले यसअघि ल्याउनु भएको समायोजनको कार्यतालिका र सातबुदे सहमतिलाई एकै ठाउँमा राखेर छलफल हुनेछ । समितिका सदस्य कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालका अनुसार आजको बैठकमा सबैभन्दा बढी विवादित लडाकूको दर्जा मिलानका विषयमा छलफल हुनेछ । दर्जा मिलाउनमा सहमति भए समायोजनको प्रक्रिया अगाडी बढ्ने नेताहरुले दावी गरेका छन् । माओवादीले सहायकरथीमा दावी गरेपनि कांग्रेस र एमालेले अस्वीकार गर्दै आएका छन् । बढीमा एकजनालाई कर्णेल र केहीलाई लेफ्टिनेन्ट कर्णेल दिनेगरि सहमतिको अर्को प्रस्तावमा पनि छलफल भइरहेको छ । दर्जा मिलाउनमा सहमति भए समायोजनको काम अर्को हप्ताबाटै सुरु गर्ने समितिका सदस्य एमाले नेता भीम रावलले जानकारी दिनुयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्