पूर्ण बजेट ल्याउन सरकारलाई निर्देशन

१८ कार्तिक २०६९, शनिबार ०९:३५ मा प्रकाशित

काठमाडौं, १८ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सरकारलाई पुर्ण बजेट ल्याउन भनेको छ । उसले देशलाई आर्थिक अराजकताबाट पार लगाउनका लागि पूर्ण बजेट ल्याउनुपर्नेमा जोड दिँदै त्यसको तयारी लाग्न सरकारलाई निर्देशन दिएको हो ।
सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेटको समयसीमा कात्तिक मसान्तमा सकिन लागेकाले तत्काल पूर्ण बजेट ल्याउन पहल गर्नुपर्ने र त्यसका लागि सरकारले तयारी गर्नुपर्नेमा गठबन्धनले जोड दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि पूर्ण बजेट नै उपयुक्त र आवश्यक भएकोमा जोड दिएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
दलहरुसँग भएको वार्ता र सम्वाद  निरन्तर भए पनि देशलाई राजनीतिक निकास दिनेतर्फ केन्द्रित हुन नसकेकोमा विपक्षी दलहरुको सत्ता–केन्द्रित प्रवृत्ति नै बाधक भएको विषयमा बैठकमा छलफल भएको थियो ।
राष्ट्रिय सहमतिको सरकारको पक्षमा गठबन्धनले विगतदेखि नै जोड दिँदै आएको बताउँदै प्रवक्ता सिंहले आजको छलफलमा समेत सोही कुरालाई पुनः जोड दिइएको बताए ।
यसैगरी गठबन्धनलाई देशव्यापी बनाउने र जिल्लाव्यापीरुपमा संरचना बनाउने र जनतालाई सङ्गठित गर्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।
गठबन्धनले जनपरिचालनका कामलाई अगाडि बढाउने निर्णय पनि गरेको छ । प्रवक्ता सिंहले भन्नुभयो, ‘विगतमा गठबन्धनले प्रस्तुत गरेको जनपरिचालन र आमसभालगायतका कार्यक्रमलाई अगाडि बढाउने विषयमा गठबन्धनमा समावेश सबै दलले एकमतले स्वीकार गरेका छन्, अब हामी त्यसलाई अगाडि बढाउँछौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका