माग अनुसार सुन पुगेन

१८ कार्तिक २०६९, शनिबार ०९:११ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । सुनको भाउ अकासिए पनि नेपालमा माग अनुसार सुन नपुगेको भन्दै सुन व्यवसायीहरुले नेपाल राष्ट्र बैङ्कसंग सुनको वितरण बढाउन पहल गरिदिन आग्रह गरेका छन् । उनीहरुले माग अनुसारको सुन नपाएर कारोबार घटेको बताएका छन् ।
सुन नपाउँदा कारोबार हुन नसकेको भन्दै वितरण प्रणाली प्रभावकारी बनाउने पहल गरिदिन राष्ट्र बैङ्कसंग आग्रह गरिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
उहाँले एक हप्ता भित्रमा गभर्नरसंग पनि भेट गरी आफ्ना समस्याबारे जानकारी गराईने बताउनुभयो । शाक्यका अनुसार अहिले चाडपर्वको बेला भएको र बिहेको सिजन पनि शुरु हुन लागेकाले सुनको माग बढेर ४०र४५ किलो पुगेको छ । तर बाणिज्य बैङ्क मार्फत वितरण हुने सुनको कोटा १५ किलो मात्रै छ । त्यसमा पनि माग गरेको बेला पाउने अवस्था नरहेको उहाँको भनाई छ । कारोबार धेरै हुने बेला पनि माग अनुसारको वितरण नहुँदा कारोबार ठप्प जस्तै रहेको शाक्यले बताउनुभयो । माग अनुसार वितरण हुन नसक्दा भाउ पनि झण्डै एक महिना यता खासै घटबढ भएको छैन ।
सुन बैङ्कमार्फत ल्याईने भएपनि चाँदी भने व्यवसायीले आफै ल्याउने भएकाले चाँदीको वितरणमा भने कुनै समस्या छैन ।  माग र वितरण सन्तुलित रहेकाले चाँदीको भाउमा पनि लामो समय सम्म खासै अन्तर परेको छैन । तिहारका बेला चाँदीबाट बनेका भाँडाकुँडा र पूजा सामाग्रीको माग धेरै हुने भएकाले कारोबार बढ्ने संभावना रहेको व्यवसायीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार