सचिवहरु सडकमा

१८ कार्तिक २०६९, शनिबार ०९:०२ मा प्रकाशित

काठमाडौ, १८ कात्तिक । शनिबार विहानै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, भौतिक योजना निर्माण तथा यातायात व्यवस्थामन मन्त्रालयका सचिव तथा उपत्यका नगर विकास प्राधिकरण, नेपाल टेलिकम, विद्युत प्राधिकरण, खानेपानी, ट्राफिकका प्रहरी प्रतिनिधिहरु सडकमा देखिएका थिए । उनीहरु सडकमा मर्निङ वाकका लागि नभई सरकारले फराकिलो पारेको सडकमा भएरहेको कामका अनुगमन गर्नु थियो । सडक  विस्तारको काममा ढिलाई भएका कारण सर्वसाधारण तथा बथा पैदल यात्रीले हैरानी खेप्नुपरेको गुनासो बढेपछि सरकारले यसको अनुगमन र निरीक्षण गर्न सरकारको एक टोली शनिबार विहानै सडकमा निस्केको हो ।
टोलीले सडक विस्तार भएका ठाउँहरु कालिकास्थान डिल्लीबजार, भगवतीबहाल, नागपोखरी, कृष्णपाउरोटी, कुमारी थान, ज्ञानेश्वर, रातोपुल, गौशाला, मित्रपार्क, कालोपूल, सानो गौचन, नक्साल, गैरीधारा, छातेगणेश, भाटभटेनी, बालुवाटार, खुर्सानीटार, खानीविभाग, लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज, गोल्फुटार, सितापाईला, छाउनी, ताहाचाल टंकेश्वर, कालिमाटी–कुलेश्वर, बल्खु, एकान्तकुना, भनिमण्डल, शशीभवन, सानेपा, कानदेवताथान, थापाथली–माईतीघर, बानेश्वर तिनकुने र पेरिसडाँडा क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय गरेको थियो ।
सडक मिचेर बनाइएका कतिपय घरहरु नभत्काइएको, बिजुली र टेलिफोनका पोल र तार तथा खानेपानीका पाईप र ढलहरु नसार्दा लामो समयसम्म पनि सडक विस्तार पुरा हुन नसकेपछि समस्या समाधानको प्रयास स्वरुप सरकारी टोलीले अनुगमन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१