बजेट ल्याउँदा दलहरुबीच सहमतिहुनेमा विश्वस्त छु : अर्थमन्त्री पुन

१८ कार्तिक २०६९, शनिबार ०८:४२ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । अर्थमन्त्री वर्षमान पुनले दलहरुबीचको सहमतिमै सरकारले पूर्ण बजेट ल्याउने दावी गरेका छन् । सहमति नभएको अवस्थामा पनि सरकारले राष्ट्रको आवश्यकतालाई ध्यानमा दिएर पूर्ण आकारको बजेट प्रस्तुत गर्ने जनाउँदै उनले बजेटमा राजनीति नगर्न प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।
जनसञ्चार अभियानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री पुनले देशलाई आर्थिक सङ्कटमा पारेर पानीमाथिको ओभानो नबन्न र राष्ट्रिय आवश्यकतालाई ख्याल गर्न आग्रह गरे । उनले भने, ‘सरकार लामो समयदेखि पुरानै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अगाडि बढिरहेको छ, राजनीतिक सहमति होस् भनेर एक तृतीयांश बजेट प्रस्तुत गरेर सहमतिकै लागि काम गरिरहेको छ भने अहिले फेरि बजेटकै विषयमा राजनीति गर्न खोज्नु कुनै पनि हालतमा जागज हुन सक्दैन।’ राष्ट्रिय समाचार समितिको बुलेटिनमा उल्लेख छ ।
सेना, प्रहरी, कर्मचारी, उद्योगी व्यवसायी र आम नागरिकको जीवनमै समस्या पर्ने भएकाले जुनसुकै हालतमा पनि बजेट ल्याउनुपर्नेमा उनले जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घलगायत अरु सङ्घसंस्थाले पनि पूर्ण बजेटकै माग गरिरहेको अवस्थामा बजेटमाथि राजनीतिक स्वार्थ जोडिने काम कोही कसैबाट पनि गर्न नहुने उनको भनाइ थियो। कात्तिक महिनाकै लागि रु सात अर्ब बराबरको रकम अपुग हुने जानकारी दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्न प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार