एमाले नेता ओली सिकिस्त, थप उपचारका लागि भारत लैजाने तयारी

१८ कार्तिक २०६९, शनिबार ०८:३९ मा प्रकाशित

काठमाडौं, १८ कत्तिक । एमालेका नेता केपी ओली सिकिस्त बिरामी भएका छन् । नर्भिक अस्पतालमा उपचार गराई रहेको ओलीलाई थप उपचारका लागि लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भएको छ । पारिवारिक स्रोतले दिल्लीको एपोलो अस्पताल लैजाने तयारी भैरहेको जनाएको छ । नेता ओलीलाई हिजो शुक्रबार  ब्लु क्रस हस्पिटलबाट नर्भिक अस्पतालमा उपचारका लागि ट्रान्सफर गरिएको थियो ।
दुवै फोक्सोमा निमोनिया देखिएको र त्यसका कारण अरु धेरै समस्या आएकाले स्वास्थ्य अवस्था खतरामुक्त भन्न नमिल्ने अस्पतालका उपनिर्देशक आर पी मैनालीले जानकारी दिए ।  मैनालीले ओलीको स्वास्थ्य अवस्था सुधार उम्मुख रहेको बताए । उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले २४ घण्टा सिसियुमै राखेर उपचार गर्नुपर्ने बताएक छन् भने नर्भिक अस्पतालका उप निर्देशक आर पी  सिसियूमा राखेर वरिष्ठ चिकित्सकहरुले ओलीको उपचार गरिरहेका छन् । शुक्रबार राती ओलीले आफूलाई केही आराम महसुस भएको बताएका थिए ।  यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विभिन्न दलका शीर्ष नेताले शनिबार अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको