सपोर्ट भनेको फिजिकल रिलेसन पो रहेछ – श्रीयानी संग्रौला, मोडल

८ चैत्र २०६८, बुधबार २०:०० मा प्रकाशित

मोडलिङ फिल्डमा आउन के कुराले तान्यो?
यो क्षेत्रमा आफ्नो कला प्रदशर्न गर्न सकिन्छ। धेरैजनाले आफूलाई चिन्छन्, मन पराउँछन्, माया गर्छन्। त्यससँगै ‘पब्लिक फिगर’ पनि हुन पाइन्छ। जसको कारण म मोडलिङ क्षेत्रमा आकर्षित भएँ।
आधा दजर्नभन्दा बढी म्युजिक भिडियो तथा दर्जर्नौ र्यानप शोहरूमा आफ्नो क्षमता प्रदर्शन गरिसक्नुभएको छ। अहिलेसम्मको अनुभवले भोलिको बाटो कतिको सहज देख्नुभएको छ?
साँच्चै भन्नुपर्दा नेपालमा मोडलिङको खासै ‘स्कोप’ छैन्। यद्यपि पनि पछिल्लो केही वर्ष यता यसको ‘क्रेज’ बढिरहेका छ। त्यसैले म सकारात्मक नै छु। ‘कम्पिटिसन्’ पनि निकै टप छ। त्यसैले आफूलाई अझ सक्षम बनाइरहेकी छु। आशा छ, एक दिन सफल कलाकार बनेर दर्शकको मन मन्दिरमा सजिनेछु।
तपाईंको आइडियल पर्सन को हो?
हुन त सबै कलाकारहरू मेरो आइडियल हुनुहुन्छ। सबैबाट मैले केही न केही सिक्ने प्रयास गरिरहेकी छु। यद्यपि म रेखा थापाबाट निकै प्रभावित छु। उहाँबाट हामी नयाँ कलाकारले धेरै कुरा सिक्न सक्छौ।
पहिलो पटक क्यामेरा फेस गर्दा कस्तो अनुभव रह्यो?
मैले फोटो सुटको लागि पहिलो पटक क्यामेरा फेस गरेकी थिएँ। त्यो बेला निकै असजिलो भएको थियो। कस्तो–कस्तो हुँदोरहेछ। आफूभित्रको ‘क्रियटिभिटी’ बाहिर ल्याउनै नसक्ने तर म्युजिक भिडियो गर्ने बेलासम्म मैले धेरै पटक फोटो सुट गरिसकेको हुनाले खासै असहज भएन्।
मोडलिङको रंगीन दुँनियाँमा तपाईंजस्ता नयाँ ‘फिमेल मोडल’हरूलाई निकै ‘सेक्सुअल ह्यारेसमेन्ट’ हुन्छ, भनिन्छ? यहाँले त्यस्तो सहनुपर्योा?
पक्का पनि त्यस्तो हुँदो रहेछ। एकपटक मलाई एउटा निर्देशकले बोलाएर ‘तिमीले मलाई सपोर्ट गर्नुपर्छ, म तिमीलाई डेब्यु गर्छु। राम्रो भूमिका दिन्छु’ भन्नुभयो। पछि बुझ्दै जाँदा त त्यो ‘सपोर्ट’ भनेको मतलव त ‘फिजिकल रिलेसन’ पो रहेछ। यो थाहा पाएपछि मैले ‘रिजेक्ट’ गरें। फोन रिसिभ गर्नै छाडिदिएँ।
तर यसमा त कलाकारहरूको पनि कमजोरी देखिन्छन् नि, उनीहरू छोटो समयमै धेरै पाउन चाहन्छन्?
पक्का पनि सही कुरा हो। विशेषगरी फिमेल मोडलहरूमा उच्च महत्वाकांक्षा रहेको हुन्छ। उनीहरू आफूलाई सक्षम बनाउनभन्दा पनि निर्माता/निर्देशकलाई खुसी पार्न खोज्छन्। जसको कारण उनीहरू ‘सेक्सुअल ह्यारेसमेन्ट’को सिकार भइदिन्छन्। तर आफ्नो ‘स्ट्यान्ड’मा बस्ने हो भने र आफूसँग ‘क्वालिटी’ छ भने यस्ता समस्या आउँदैन। उनीहरूसँग प्राइभेटभन्दा प्रोफेसल रिलेसनमात्र राख्नुपर्छ।
यति धेरै म्युजिक भिडियो गरिसक्नुभयो। फिल्मको लागि अफर आएको छैन?
दुईतीनवटाबाट आएको थियो तर मलाई ‘स्त्रि्कप्ट’ नै मन परेन। ‘डेब्यु’ अलि दमदार होस् भन्ने चाहनाले पनि जस्तो पायो त्यस्तो मुभी गरिहाल्न मन छैन। यद्यपि अहिले एउटा स्त्रि्कप्ट पढिरहेकी छु। मनपर्यो् भने गर्छु होला।
दमदार भन्नाले?
मलाई ‘फिमेल ओरिएन्टेड मुभी’बाट मेरो ‘डेब्यु’ होस् भन्ने चाहना छ। तर विडम्बना नेपालमा यस्ता फिल्महरू असाध्यै कम बन्छन्। अधिकांश फिल्ममा हिरोलाई ‘सुपेरियर’ देखाइएको हुन्छ। जसले
गर्दा नायिकाहरूले आफ्नो क्षमता देखाउनै पाएका छैनन्।
फिल्ममा ग्ल्यामर कत्तिको
चाहिन्छ?
यो क्षेत्र नै मनोरञ्जनको भएकोले ग्ल्यामर त अनिवार्य नै हुन्छ तर यसो भन्दैमा एउटा निश्चित लेभल क्रस गर्न मिल्दैन। यदि त्यसो भयो भने त्यो भल्गर हुन्छ। जुन अहिले नेपालमा बढिरहेको छ।
थोरै प्रसंग बदलौं, यति राम्री हुनुहुन्छ। लभ त परेको होला नि?
–पहिले थियो। अहिले छैन। जब म मोडलिङमा लाग्छु भनें तब ऊ रिसोयो। नजा भनेर कर गर्न थाल्यो। उसको परिवारले पनि मन पराएन। तर मैले ‘मेरो क्यारिअरभन्दा तिमी ठूलो हैन’ भनेर छोडिदिएँ।
उससँग ‘ब्रेकअप’ भए पनि तपाईंलाई माया गर्ने त हजारौं होला नि। के को चिन्ता?
लभ नपरेर के को चिन्ता हुन्छ र? तैपनि प्रपोज त आइरहेको हुन्छ। तर मैले सिरियस रूपमा लिने गरेको छैन्। धेरैले लभको बहानामा ‘फ्लटिङ’ गरिरहेका हुन्छन्।
पछिल्लो पटक कहिले प्रपोज आएको थियो?
त्यही एक महिना जति भयो होला। तर त्यसलाई पनि ‘एसेप्ट’ गरिनँ।
उसलाई ‘एसेप्ट’ नगरे पनि तपाईंले अरू कसैलाई मन पराउनुभएको
होला नि?
नो, नो। पहिले क्यारिअर अनिमात्र लभ।
किन लभ पर्दैमा क्यारिअरमा वाधा पुग्छ र?
अफकोर्स पर्छ। नेपालका अधिकांश पुरुषले मोडलिङ फिल्डमा भएका केटीलाई ‘पोजेटिभ्ली’ लिँदैनन्। मुखले राम्रो भने पनि व्यवहारमा अर्कै देखाइरहेका हुन्छन्। ‘फ्रिडम’ पनि पाइँदैन। जसले गर्दा सम्बन्ध ‘लगं टर्म’सम्म टिक्दैन। त्यसैले लभ पर्योै भने इनकरेजभन्दा पनि डिसकरेज नै हुन्छ। यो तीतो यथार्थ हो।
सेक्स के हो?
सेक्स बायोलोजिकल निड त हुँदै हो। साथै यसले पनि माया पनि बढाउँछ जस्तो लाग्छ।
प्रेममा सेक्स कत्तिको आवश्यक हुन्छ?
यदि साँचो सम्बन्ध हो भने सेक्स आवश्यक हुन्छ। यसले सम्बन्धमा अझ प्रगाढ र प्रेमिल बनाउँछ।
भनेपछि तपाईंले पनि हिजो सम्बन्ध हुँदा प्रगाढता बढाउन सेक्स गर्नुभयो?
नाई, नाई गरिएन। साँच्चैभन्दा हाम्राे सम्बन्धमा त्यतिसम्मको आत्मीयता नै थिएन। यदि हुँदो हो त ‘ब्रेकअप’ हुन्थ्यो त?
अहिले ‘प्लस टु’ पुस्तामा सेक्स भिडियो हेर्ने क्रम बढिरहेको छ। यसलाई तपाईं कसरी लिनुहुन्छ?
नर्मल कुरा हो। त्यस्तो भिडियो हेरेर ‘इन्जोय’ गर्नुलाई नराम्रो भन्न मिल्दैन। आफैंले त्यस्तो नराम्राे काम गर्नुभन्दा टेप हेरेरै आनन्द लिनुलाई सकारात्मक नै लिनुपर्छ।
भनेपछि तपाईं पनि सेक्स भिडियो हेरेर ‘इन्जोय’ गर्नुहुन्छ?
मलाई चाहिँ त्यस्तो मन पदैन। मैले कहिले पनि त्यस्तो भिडियो हेरेको छैन। त्यसको आवश्यक फिल नै हुँदैन। साथीहरूले हेर्छन्, कुरा गर्छ, त्यसमै ‘इनफ’।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो