नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने

३ माघ २०७८, सोमबार १७:२९ मा प्रकाशित

काठमाडौँ ।आगामी फिफा क्यालेन्डरमा मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

मोरिससविरुद्धको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पुस १९ गते प्रारम्भिक ३४ खेलाडीको नाम सार्वजनिक गरेका थिए । त्यसमा गत आइतबार त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ घाइते भएपछि आर्मीकै जगजीत श्रेष्ठ र च्यासल युथका आशिष राईलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपाली राष्ट्रिय टोलीले माघ १५ र १८ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

अल्मुताइरीले बोलाएको टोलीमा सात जना मछिन्द्रका खेलाडी छन् । मनाङ, त्रिभुवन आर्मी र न्युरोड टिम (एनआरटी)का समान चार, नेपाल पुलिसका तीन, थ्री स्टार, जावलाखेल युथ, सातदोबाटो युथ र हिमालयन शेर्पाका दुई, एपीएफ, च्यासल युथ, एपीएफ र संकटाका एक एक जना खेलाडी छन् । कप्तान किरण चेमजोङ मादिभ्समा खेल्नछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा

काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा

काठमाडौं । विवादको समस्या पहिचान र सिफारिस कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले कतारमा हुने विश्वकप फुटबलका लागि महिला रेफ्रीसहित पदाधिकारीको सूची सार्वजनिक गरेको छ ।