
काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४ घण्टामा देशभर ६७३४ जना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यसमध्ये काठमाडौँ उपत्यकामा ३९३९ जना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।जसमा ९ जिल्ला कोरोना संक्रमणको रेड जोनमा रहेका छन् । अर्थात ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।
त्यस्तै दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ८ रहेका छन् । जसमा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र दाङ रहेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८७७ पुगेका छन् । त्यस्तै आइसीयुमा १३९ जना छन् भने देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा ११७२ जना छन् भने होम आइसोलेसनमा २९ हजार ७०५ जना रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा
हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा
काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही