दक्षिणा लिने दिने दुबैलाई कारवाही

१७ कार्तिक २०६९, शुक्रबार १६:२७ मा प्रकाशित

रुकुम, १७ कात्तिक । रुकुमजिल्ला प्रशासनले तिहारमा देउसी भैलो खेल्दा दक्षिणा लिनेलाई भन्दा दिनेलाई कारवारही गर्ने जनाएको छ । देउसी भैलोमा तोकिए भन्दा बढी दक्षिणा लिनेलाई भन्दा दिनेलाई कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार जानकारी दिए । दक्षिणा दिँदा ध्यान पुऱ्याउन जिल्ला प्रशासन कार्यालय रुकुमले सबैलाई आग्रह गरेको उनले बताए । पछिल्लो समयमा देउसी भैलोलाई रमाइलो एवं मैत्रीपूर्ण बनाउनुको सट्टा रकम संकलन गर्ने माध्यम बनाउन थालिएकोले रुकुममा सर्वसाधारणलाई यस्तो आग्रह गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।
देउसी भैलोमा दक्षिणा दिनेलाई ५१ रुपियाँ मात्र दिन जिल्ला प्रशासन कार्यालय रुकुमले सबैमा अनुरोध गरेको हो । यस्तै दक्षिणा लिनेले कर काप नगर्न पनि अनुरोध गरेको छ । ५१ रुपियाँ भन्दा बढी पैसा दिइएको र लिइएको पाइएमा कार्वाही गरिने बताइएको छ । तिहारमा बिभिन्न समुह, क्लव, तथा निजि विद्यालय र सरकारी विद्यालयले पनि निजि शिक्षकलाई तलब खुवाउन भन्दै देउसी भैलो खेल्ने चलन छ । उनीहरूले रसिद काटेर सहयोग भन्दै मनपरी रकम असुल्दै आएपछि जिल्ला प्रशासनले कार्वाहीको प्रक्रियाअगाडि बढाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका

आजको प्रमुख समाचार