अनियमितताबारे बुझ्न छानविन टोली विराटनगरमा

१७ कार्तिक २०६९, शुक्रबार १६:२३ मा प्रकाशित

बिराटनगर, १७ कात्तिक । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको भ्रष्टाचार र अनियमिताका बारेमा बुझ्न छानविन टोली विराटनगर पुगेको छ । आयल निगम आन्तरिक नियन्त्रण विभागका निर्देशक सागर सत्यालको संयोजकत्वमा गठित चार सदस्य छानविन समिति शुक्रबार विराटनगर पुगेको हो ।
समितिले विभिन्न पक्षसँग छलफल गरी प्रतिवेदन बुझाउने छ । निगमका क्षेत्रीय प्रवन्धक दिपक बरालले भाडाका ट्याङकरहरुसँग कमिसन लिने गरेको, पुर्व क्षेत्रका पेट्रोल पम्पहरुले प्रतिलीटर ५० पैसादेखि १ रुपैयाँसम्म बढी मुल्य लिने गरेको, गएको असार महिनामा १२ हजार लिटर पेट्रोल हिनामीना गरेको, पेट्रोलियम पर्दाथ लिएर आउने ट्याङकरहरुबाट वाटैमा मिल तोडी तेल निकाल्ने गरेको लगाएतका आरोप लगाइएको छ ।
निगमका कर्मचारीहरुकै मिलेमतोमा भारतबाट आउने ट्यांकरबाट बाटोमा नै ३ देखि ५ सय लिटरसम्म पेट्रोलीयम पर्दाथ निकाल्ने गरेको श्रोतले जनाएको छ ।
निगमको केन्द्रीय कार्यालयमा क्षेत्रीय प्रवन्धक र अन्य कर्मचारीहरुको मिलेमत्तो अनियमितता भएका उजुरी समेत परेकाले छानविन गर्न टोली खटाएको निगमका प्रवक्ता मुकुन्द ढुङगेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

आजको प्रमुख समाचार