मछिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब

३ माघ २०७८, सोमबार १६:१३ मा प्रकाशित

काठमाडौं। सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी पाएको छ ।

एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार गरेको ड्रअनुसार मछिन्द्रले श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार प्रतिद्वन्द्वीसँगको भेट पक्का गरेको हो ।

खेल आगामी ५  अप्रिलमा दशरथ रंगशालामा हुनेछ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग १२ अप्रिलमा हुनेछ ।

गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि क्लब लाइसेन्सका कारण आर्मीले यो प्रतियोगिता खेलेको थियो ।

आर्मी भने दोस्रो चरणबाट माथी उठ्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति फ्रान्सको पेरिसमा भएको

काठमाडौं । आइपीएलको फाइनलमा राजस्थान रोयल्स र गुँजरात टाइटन्सका बिचमा प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा रोयल च्यालेञ्जर्स

काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् ।

आजको प्रमुख समाचार