
काठमाडौं।युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोल प्रेरित न्युरोड टिम एनआरटीले सोमबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नवौँ चरणको अन्तिम खेलमा जितसहित एनआरटीले मध्यसिजनको सुखद अन्त्य गरेको छ ।
६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमा एनआरटीले पहिलो अग्रता लिएको थियो ।
७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।
अन्य समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
८५औं मिनेटमा जावलाखेलका मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।
जावलाखेलमाथिको जितपछि एनआरटी नौ खेलमा १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एनआटरीले आठौ चरणमा आर्मीलाई २-० को नतिजा सुम्पिएको थियो ।
नौ खेलको समाप्तीमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा यथावत छ । पछिल्लो खेलमा जावलाखेल एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यससँगै लिगको नवौं चरणको खेल समाप्त भएको छ । अब लिगमा अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । नेपालले १५-१८ माघमा मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति फ्रान्सको पेरिसमा भएको
काठमाडौं । आइपीएलको फाइनलमा राजस्थान रोयल्स र गुँजरात टाइटन्सका बिचमा प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा रोयल च्यालेञ्जर्स
काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् ।