पाकिस्तानको कराँचीका ४० प्रतिशतलाई कोरोना सङ्क्रमण

३ माघ २०७८, सोमबार १५:२७ मा प्रकाशित

एजेन्सी । पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ ।

यो पछिल्लो बृद्धि कोभिड १९ को पाँचौं लहरको कारणले भएको जनाइएको छ । कोभिड १९ सङ्क्रमण यसवर्ष मार्चको मध्यमा शिखरमा पुग्ने डन अखबारले जानकारी दिएको छ । सोमबार पाकिस्तानमा चार हजार ३४० थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको जनाएको छ ।

पाकिस्तानमा गत २४ घण्टामा परिक्षण गरिएका व्यक्तिहरुमा ८.७ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । यद्यपी पछिल्लो २४ घण्टामा कराँचीमा ३९.३९ प्रतिशतमा संक्रमण दर पुगेको स्वास्थ्य विभागले जनाएको छ । डनका अनुसार ती सङ्क्रमितहरुमा करिब ९५ प्रतिशत ओमिक्रोन भेरियन्टका देखिएको जनाइएको छ ।

अधिकारीहरुले डाक्टर, नर्स र प्यारामेडिकहरुमा बढ्दो संक्रमण संख्या रहेको र यसमा चिन्ता व्यक्त गरेका छन् । यो ५०० भन्दा कम नहुने एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै डनले जनाएको छ । पाकिस्तानमा हालसम्म १३ लाखभन्दा बढी कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाली देशमा पनि भाइरसका कारण २९ हजार १९ जनाको मृत्यु भएको छ ।

सिन्धको प्रान्तीय सरकारले आइतवार मास्क लगाउन अस्वीकार गर्ने सरकारी कर्मचारीहरूको तलब कटौतीको घोषणा गरेको जियो न्यूजले जनाएको छ । प्रदेशमा बढ्दो कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वर्लिन । फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह

काठमाडौं । ब्राजिल-रुस-भारत-चीन-दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स समूह राष्ट्रहरूको संगठन विस्तार प्रक्रिया शुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको

किभ । यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले

 विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट

आजको प्रमुख समाचार