बाइडेन र किशिदाबीच कोरोना र सुरक्षा विषयमा छलफल

३ माघ २०७८, सोमबार १४:३५ मा प्रकाशित

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ ।

भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरुले छलफल गरेको जनाएको छ । त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उहाँहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ ।वाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप२६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

टेक्सासको उवाल्डेको एउटा स्कुलमा नरसंहार गर्ने साल्वाडोर रामोस भर्खरै १८ वर्ष पुगेका थिए । उक्त बन्दुक आक्रमणमा १९ विद्यार्थी र

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई

बेइजिङ। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् । उनी सो

आजको प्रमुख समाचार