गोरखापत्र दैनिकका मजदुरद्धारा आन्दोलनको चेतावनी

१७ कार्तिक २०६९, शुक्रबार १६:०० मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ गोरखापत्र संस्थान इकाइ कमिटिले ७ सुत्रीय माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । गोरखापत्र संस्थानको व्यवस्थापनले त्यहाँ कार्यरत मजदुर कर्मचारीलाई दशैं भत्ता, नियमित तलव नदिएको, सरकारी स्वाभित्वको सञ्चार संस्थान भएर पनि श्रम ऐन लागु नगरेकोलगायतका ७ सुत्रीय माग राखी गत कात्तिक २ गते निमित्त महाप्रबन्धकसमक्ष ज्ञापनपत्र पेश गरेको थियो । अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका संयोजक जन्मदेव जैसीले शुक्रवार एक विज्ञप्ति जारी गरी गोरखापत्र संस्थानमा कार्यरत मजदुर कर्मचारीहरुले उठाएका मागहरु व्यवस्थापनले पुरा नगरे इकाईले गर्ने आन्दोलनको नेतृत्व गर्न तयार भएको जनाएका छन् ।
एकसाताभित्र मजदुर कर्मचारीका माग पुरा गर्न भन्दै अ.ने.क्रा.सं. छा.प.म.संघ केन्द्रीय समितिले यदि माग पुरा नभए सातादिनपछि चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । इकाईले बुझाएको मागप्रति गोरखापत्र दैनिकका निमित्त महाप्रवन्धकले गैरजिम्मेवारी अभिब्यक्ती दिएको भन्दै सो संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मजदुर कर्मचारीको जायज माग प्रति जिम्मेवार ब्यक्तीबाटै गैरजिम्मेवारी अभिब्यक्ती दिएकोमा संघको ध्यानाकर्षण भएको जनाएको हो । मजदुर कर्मचारीहरुको माग एक हप्ता भित्र पुरा गर्न समेत जोड दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र