छिटो सहमतिमा पुग्नुस्: राष्ट्रपति यादव, केही दिनमै निकास दिन्छौ: दलका नेताहरु

१७ कार्तिक २०६९, शुक्रबार १५:५० मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले शीर्ष दलका नेताहरुलाई आफ्नै निवासमा बोलाएर छिटो  सहमतिमा पुग्न पुनः आग्रह गरेका छन् । उनले नयाँ चुनावमा सहमति गरी राजनीतिक गतिरोध अन्त्य गर्न र बजेटका विषयमा छिटो सहमतिमा पुग्न प्रमुख चार दलका शीर्ष नेताहरुलाई दबाब मूलक आग्रह गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई शुक्रबार बिहान शितल निवासमा डाकेर राष्ट्रपति यादवले मुलुकको अवस्था गम्भीर बन्दै गएकाले छिटो सहमतिमा पुग्न दवाव दिएका हुन्  ।
सरकारले ल्याएको एक तृतियांश बजेट सकिन लागेकाले देश आर्थिक संकटमा फस्नसक्नेतर्फ ध्यानाकाषण गराउँदै छिटो सहमति गर्न उनले आग्रह गरेका हुन् । जवाफमा नेताहरुले सहमतिमै बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए । नेताहरुले छलफल तीब्र रुपमा अघि बढेकाले चाँडै सहमति हुनेमा विश्वस्त हुन आग्रह गरेका हुन् ।
‘राजनीतिक सहमति र निकासको अभावमा मुलुकको अवस्था गम्भीर बन्दै जान थालेको छ’ राष्ट्रपति यादवको भनाई उद्धृत गर्दै एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘राजनीतिक निकास के हुने, बजेटका लागि के गर्ने भन्ने विषयमा तपार्इंहरु छिटै टुंगोमा पुग्नुस् ।’ दलका नेताहरुले भने संविधानसभाको नया“ निर्वाचनमा सहमति जुटाएर दुई तीन दिन भित्रै निकास दिने आश्वासन राष्टपतिलाई दिए । उनीहरुले संविधानसभाको पुनस्र्थापनामा होइन नया चुनावमै सहमति हुने पनि राष्टपतिस“ग वताएका थिए ।
‘राष्ट्रपतिले मुलुकको अवस्था एकदमै गम्भीर छ एक दुई दिन भित्रै सहमतिमा पुग्नुस् भन्नु भएको छ’ भेटपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संञ्चारकर्मीसँग भने, ‘एक दुई दिन भित्रै हामी छलफलवाट सहमतिमा पुग्छौं भनेका छौं ।’ राष्ट्रपति यादवले राजनीतिक निकासका विषयमा सत्तापक्ष र प्रतिपक्षवीच भएको विवादप्रति चिन्ता ब्यक्त गरेका थिए । उनले बजेट लगायतका सबै विषयमा सहमति जुटाएर अघि बढ्न नेताहरुलाई आग्रह गरेका थिए । ‘अव पनि सहमति नभए मुलुकले आर्थिक संकट झेल्न सक्दैन’ राष्ट्रपति यादवको भनाई उद्धृत गर्दै खनालले भने । नयाँ निर्वाचनको प्रक्रियावारे सहमति गरी नयाँ संविधानसभाको आकार लगायतका विषयमा सहमति जुटाएर चुनावमा जान राष्ट्रपतिको दवाव थियो ।
दलका नेताहरुले भने संविधानसभाको आकारका विषयमा पनि सहमति जुटाएर आउने आश्वासन दिएका थिए । ‘प्रत्यक्ष निर्वाचितको संख्या २ सय ४० नै कायम गरेर समानुपातिकमा कति राख्ने भन्ने विषयमा हामी छलफल गरेर आउँछौं’ लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले भेटपछि भने, ‘अव संविधानसभा पुनस्र्थापनाका विषयमा कुरा हँदैन नयाँ निर्वाचनमै जाने विषयमा छलफल हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी