कात्तिकभित्र कुनै पनि हालतमा बजेट ल्याउने एमाओवादी निर्णय

१७ कार्तिक २०६९, शुक्रबार १५:०३ मा प्रकाशित

काठमाडौ, १७ कात्तिक । एमाओवादीले कुनै पनि हालतमा कात्तिक मसान्तभित्र पूर्ण बजेट ल्याउने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज बिहान बसेको एमाओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेट यही कात्तिक मसान्तमा सकिने भएकाले राष्ट्रलाई आर्थिक अराजकता र सङ्कटबाट मुक्त राख्नका लागि पूर्ण बजेट नै ल्याउनुपर्ने बैठकले निष्कर्ष निकालेको हो । बजेट र आर्थिक विषयमा कुनै पनि दलले राजनीति गर्न नहुने भन्दै एमाओवादीले बजेटका विषयमा सहमतिमा आउन अन्य दललाई आग्रह समेत गरेको छ । बजेटका विषयमा राजनीति गर्नेहरु देश र जनतालाई भड्खालोमा हाल्न चाहने तत्वहरु रहेको एमाओवादीले ठहर गरेको पार्टीका नेता एवम् अर्थमन्त्री वर्षमान पुनले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले देश र जनतालाई ध्यानमा राखेर कात्तिक मसान्तमा पूर्ण बजेट ल्याउने निर्णय गरेको जानकारी दिए । बैठकले कात्तिक मसान्तभित्र बजेट ल्याउन सरकारलाई निर्देशन दिएको छ भने बजेटको विषयमा सहमति जुटाउन दलका प्रतिनिधिलाई लिखित पत्र पेस गर्ने निर्णयसमेत एमाओवादीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ