ठग ‘स्वामी’लाई वैदेशिक रोजगार विभागमा बुझाइने

१७ कार्तिक २०६९, शुक्रबार १२:५९ मा प्रकाशित

धुर्कोट (गुल्मी) १७ कात्तिक । अमेरिका लैजाने भन्दै करिब पाँच करोड ठगी गरेको आरोप लागेका स्वामी श्रीविष्णु प्रपत्राचार्यजी महाराज भनेर चिनिने विजय भण्डारीलाई गुल्मी प्रहरीले पक्राउ गरी काठमाडाँ पठाएको छ ।

प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको भण्डारीलाई सदरमुकाम तम्घासको चिदीचौरबाट गत मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको थियो । उनलाई नयाँ बानेश्वर वृत्तमार्फत वैदेशिक रोजगार विभागमा हाजिर गराउने गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट उनलाई पक्राउ गर्न पक्राउ पुर्जी आएकाले पक्राउ गरी पठाइएको जिल्ला प्रहरी कर्यालयका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताउनुभयो । भण्डारीले आफू नेपालको प्रसिद्ध गुरु स्वामी श्रीविष्णु प्रपत्राचार्यजी महाराज रहेको र अमेरिकामा हुने धार्मिक कार्यक्रममा लैजाने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । अमेरिका जान लागि रु पाँच लाख लाग्ने र सुरुमा रु एक लाख अग्रीम पेस्की बुझाउनुपर्ने भन्दै उनले विद्यार्थीबाट रु पाँच करोड बढी रकम सङ्कलन गरेको प्रहरीको आरोप छ ।
गुल्मीको धुर्कोटवस्तु गाविस– १ निवासी २४ वर्षीय भण्डारी द्वन्द्वकालमा माओवादी भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध थिए । शान्तिप्रक्रिया सुरु भएपछि जनमुक्ति सेनामा समेत भर्ती भई केही समय तालिम लिएका उनी सेनाबाट भागेर काठमाडाँ थानकोटको योग शिविरमा र पछि भारतको बानरस गई अध्ययन गरेको परिवारले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्