तातोपानीमा बढे पर्यटक

१७ कार्तिक २०६९, शुक्रबार १२:५७ मा प्रकाशित

रसुवा, १७ कात्तिक । उच्च भागमा अवस्थित प्राकृतिक तातोपानी नुहाउन र हिमाली सम्पदाको अवलोकन गर्न तामाङ सम्पदामार्गमा पर्यटकको आगमन सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
तातोपानी संरक्षण समितिका सचिव बामेन तामाङका अनुसार तातोपानी क्षेत्रमा सरदर दैनिक २५ पर्यटकको आगमन हुँदा त्यस क्षेत्रका होटल व्यवसायी र किसानलाई प्रत्यक्ष रूपमा आम्दानी भएको छ । प्राङ्गारिक कृषि उपज किसानले होटलमा पुरयाउने र होटलवालाले पर्यटकको माग र चाहनाअनुसार सत्कार गर्ने व्यवस्थाले पर्यटक पनि खुसी छन् । स्थानीय परिकारकाले पर्यटकको बसाइ लम्बिन थालेकाले एक पर्यटकबाट व्यवसायीले कम्तीमा दैनिक रु दुई हजार आय गर्ने थालेको तातोपानी संरक्षण समितिले जनाएको छ । विदेशी देख्न मुस्किल पर्ने तातोपानी क्षेत्रमा पर्यटकीय पूर्वाधार तथा तातोपानी पोखरीको निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । अहिले सुविधायुक्त १० भन्दा बढी होटल र लज सञ्चालनमा आइसकेको तातोापनी संरक्षण समितिका सचिव बामेन तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।

आजको प्रमुख समाचार