काइलीले बनाइन नयाँ विश्व कीर्तिमान्

१ माघ २०७८, शनिबार १०:०२ मा प्रकाशित

काइली एक रियालिटी टिभि स्टार र पेशाले व्यवसायी र एक कस्मेटिक कम्पनीकी संस्थापक पनि हुनुहुन्छ । इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा आधिकारिक इन्स्टाग्रामको खाता रहेको छ । यसको फलोअर्स चार सय ६० मिलियन छन् ।

योसँगै पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा हुनुहुन्छ, जसलाई तीन सय ८९ मिलियन प्रयोगकर्ताले फलो गर्नुभएको छ । काइली जेनर तेस्रो नम्बरमा हुनुहुन्छ ।

फोर्ब्स २०२० मा सबैभन्दा धेरै कमाउने सेलेब्सको सूचीमा काइली जेनर शीर्ष स्थानमा छिन् । सन् २०२१ मा, काइली जेनर फोर्ब्सको १०० धनी सेल्फमेड महिलाहरूको सूचीमा स्थान बनाउने सबैभन्दा कान्छी व्यक्ति बनेकी थिइन् । काइली जेनरको कुल सम्पत्ति ७० करोड डलर छ ।

२४ वर्षको उमेरमा काइली जेनरले धेरै व्यवसाय सुरु गरेकी छिन् । यसमा काइली कस्मेटिक्स, काइली स्किन, काइली स्विम र भर्खरै लन्च गरिएको काइली बेबी समावेश छ । यति मात्र होइन, काइली जेनर विश्वकै सबैभन्दा धेरै कमाउने सेलिब्रेटी पनि हुन् ।

काइली जेनर कार्दशियन–जेनर परिवारको सबैभन्दा कान्छी र धनी सदस्य हुन् । साथै, काइली परिवारको सबैभन्दा चर्चित सदस्य पनि हुन् । उनकी जेठी दिदी किम कार्दशियन हुन्, जो रियालिटी टिभी, ब्यापार र सामाजिक सञ्जालको दुनियामा चर्चित छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी शो लकअपबाट चर्चामा आएकी अभिनेत्री पायल रोहतगीले हालै सामाजिक सञ्जालमा कङ्गना राणावतको मजाक उडाएकी छिन् ।

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

आजको प्रमुख समाचार