गैंडाकोटमा बस दुर्घटना

१७ कार्तिक २०६९, शुक्रबार ११:१८ मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । पूर्वपश्चिम राजमार्गअर्न्तगत नवलपरासीको गैँडाकोटमा शुक्रबार बिहान बस पल्टँदा १३ जना घाइते भएका राससले जनाएको छ । नारायणगढबाट डन्डातर्फ जाँदै गरेको ना३ख ६११४ नम्बरको बस गैँडाकोट-७ जयश्री पुलनजिकै सडकबाट १० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेलाई उद्धृत गर्दै राससले जनाएअनुसार दुर्घटनामा परी घाइते भएकाको स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए।
घाइते सबैको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण