नेकपा–माओवादीको बैठक जारी, अध्यक्ष वैद्यको प्रतिवेदनमा छलफल केन्द्रीत

१७ कार्तिक २०६९, शुक्रबार ०८:४६ मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । राजनीतिक गतिरोध र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै जारी  नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठकमा अध्यक्ष मोहन वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि विहीबारको बैठकमा बोल्ने बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकमा बिहीबार अध्यक्ष वैद्यबाट प्रस्तुत गरिएको प्रतिवेदनमाथि पार्टी सचिवद्वय देव गुरुङ, नेत्रविक्रम चन्दलगायत २५ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

‘नयाँ जनवादी क्रान्तिको कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव’ नामक ८४ पृष्ठ लामो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूको राय, सुझावपछि परिमार्जनसहित आगामी पुस २५ गते हुने पार्टीको महाधिवेशनमा प्रस्तुत गरिनेछ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले प्रतिवेदनको सार सकारात्मक भएको र केही कुरा अमूर्तरुपमा आएको भन्दै त्यसलाई मूर्त रुपमा ल्याई परिमार्जन गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

काठमाडौं । अर्ली इलेक्सनको चर्चा सत्तारुढ दलबाट सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसलाई स्वागत गर्ने जनाएको छ ।

धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ (निर्धारित अवधिभन्दा अघि नै चुनाव) नहुने बताएका छन्। आज बिहान धनगढी

आजको प्रमुख समाचार