उत्तर कोरियाले बाइडेन प्रशासनलाई दियो चेतावनी

३० पुष २०७८, शुक्रबार १५:५६ मा प्रकाशित

काठमाडौँ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिकाले लगाएको नयाँ प्रतिबन्धप्रति कडा ‘प्रतिक्रिया’ हुने चेतावनी दिएको छ ।

‘हाइपरसोनिक’ मिसाइलको पछिल्लो परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरियाले यी प्रतिबन्धहरूको लागि अमेरिकाको आलोचना गर्दै ‘कडा प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।

कोरियाको केन्द्रीय समाचार एजेन्सीका अनुसार, विदेश मन्त्रालयका प्रवक्ताले जनवरी १४ मा अमेरिकी प्रतिबन्धहरू ‘उत्तेजक’ भएको बताएका थिए । यस्तो अवस्थामा उत्तर कोरियाले ‘आफ्नो आत्मरक्षाको अधिकार’ प्रयोग गर्न सक्छ ।

‘यदि संयुक्त राज्य अमेरिकाले टकरावको दृष्टिकोण अपनायो भने, उत्तर कोरिया कडा प्रतिक्रिया दिन बाध्य हुनेछ’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जनवरी १३ मा उत्तर कोरियाले ‘ध्यान खिच्न’ थप मिसाइल प्रक्षेपण गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन् । अस्ट्रियाका

काठमाडौं । फाइजर इन्कले आज ‘स्वस्थ संसारका लागि एक सम्झौता‘ को सुरुवात गरेको छ। यस पहलको उद्देश्य अमेरिका र युरोपेली

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् । उनी सो

आजको प्रमुख समाचार