आज पनि प्रमुख दलको शीर्ष बैठक, निष्कर्ष निस्कनेमा शंका

१७ कार्तिक २०६९, शुक्रबार ०८:३० मा प्रकाशित

काठमाडौ, १७ कात्तिक । विद्यमान  राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै आज पनि मधेशी मोर्चा सहित तीन ठुला राजनीति दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । उनीहरुले आजको बैठकबाट निष्कर्ष निकाल्ने बताए पनि बैठक उपलब्धि मूलक हुनेमा भने स्वयम दलका नेताहरुले शंका गरेका छन् ।
बिहीबार बसेको बैठकमा सरकारको नेतृत्वमा कुरा नमिलेपछि बिना निष्कर्ष सकिएको थियो । आजको बैठकमा पनि यसै विषयमा कुरा नमिल्न सक्ने एक शीर्ष नेताले बताए । सरकारको नेतृत्वका विषयमा कुरा मिल्न नसकेपछि दलका यसअघिका बैठकहरु पनि निष्कर्षबिहीन हुने गरेका छन् । शुक्रबारको बैठकमा पनि सरकारको नेतृत्वका विषयमा छलफल हुने भएको छ । सत्तारुढ दलले यही सरकारको नेतृत्वमा चुनाव गराउनुपर्ने अडान राखेका छन् भने विपक्षी दलले सरकार परिवर्तन नै मुख्य शर्त बनाएका छन् । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार