संविधानसभा पुनर्स्थापनाले झन गतिरोध बढ्छ : कानुन व्यवसायी

१७ कार्तिक २०६९, शुक्रबार ०८:१६ मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । संविधानसभा पुनर्स्थापनाले झन गतिरोध बढाउने कानुन व्यवसायीहरुले बताएका छन् ।  वरिष्ठ अधिवक्ता शम्भु थापा तथा अधिवक्ताहरू कुमार रेग्मी, टीकाराम भट्टराई, भीमार्जुन आचार्य र रविनारायण खनालले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानसभा पुनर्स्थापना भए गतिरोध झन् बढ्ने बताएका हुन्।
संवैधानिक कानुनको अध्ययन, अनुसन्धान र अभ्यासमा लागेका कानुन व्यवसायीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । गत आइतबार पूर्वप्रधानन्यायाधीशहरू त्रिलोकप्रताप राणा, ओमभक्त श्रेष्ठ, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले प्रधानमन्त्री भट्टराईलाई भेटी संसदको हैसियतले संविधान संशोधन गर्न मात्र संविधानसभा पुनर्स्थापना गनुपर्ने सुझाव दिएका थिए। उनीहरूले संविधानसभाले संविधान जारी नगर्ने गरी नयाँ चुनावमा जान मिल्ने कानुनी बाटो संविधान संशोधन गर्न संसद पुनर्स्थापना हुनुपर्ने तर्क गरेका थिए।
पूर्वप्रधानन्यायाधीशहरूको त्यो राय गैरसंवैधानिक भएको भन्दै कानुन व्यवसायीले विरोध गरेका हुन्। अन्तरिम संविधान २०६३ ले संसदको मात्रै छुट्टै काम गर्ने संविधानसभाको संरचनाको परिकल्पना नगरेकाले संविधानमा व्यवस्था नभएको बाटो हिँड्दा गैरसंवैधानिक हुने उनीहरूले उनीहरूले बताएका छन्।
ुसंविधानको धारा ८३९१० अनुसार संविधानसभा रहेको अवस्थामा त्यसले संसदको समेत काम गर्ने संवैधानिक व्यवस्था रहेकोमा संविधानसभा नभएको अवस्थामा संविधानले परिकल्पना नै नगरेको संसद क्रियाशील हुन सक्दैन, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा संविधानले स्वतन्त्र हैसियतमा नचिनेको संसदको पुनर्स्थापना गरिनु पर्छ भन्ने विचारले न्युनतम संवैधानिक बुझाइको पनि प्रतिनिधित्व गर्न नसक्ने हुनाले उक्त विचारप्रति हाम्रो गम्भीर असहमति छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार