बढदैछ फलफूलको भाउ

१७ कार्तिक २०६९, शुक्रबार ०८:०९ मा प्रकाशित

काठमाडौ, १७ कात्तिक ।  उत्पादन कम भएको र सिजनका फलफूल कम आयात भएकाले यसवर्ष तिहारको बेलामा फलफूलको भाउ बढ्ने भएको छ ।
ब्यापारीका अनुसार तिहारमा फलफूलको माग धेरै हुने तर उत्पादन र आयात कम भएकाले फलफूलको भाउ बढ्ने बभइको हो । उनीहरुका अनुसार दिनप्रतिदिन फलफूलको भाउ बढी रहेको छ ।
तिहारमा सुन्तला, स्याउ, मौसम, केरालगायतका फलफूल बढी खरीद बिक्री हुन्छ । लमजुङ, स्याङ्जा, गोरखा, धादिङबाट काठमाडौमा सुन्तला ल्याइन्छ । तर फूल खेल्ने र फल्ने बेलामा सुन्तलाको बोट मर्न थालेकाले उत्पादन कम भएको त्याहाका किसानहरुले बताउछन् ।
गतवर्ष दुई सय टनसम्म फलफूल काठमाडौ भित्रिएकोमा यसवर्ष घटेर ६० देखि ७० टन मात्र आउने फलफुल व्यवसायीहरु बताउँछन् । तिहारमा गतवर्षको तुलनामा यो वर्ष ४० प्रतिशतसम्म फलफूल कम आउने उनीहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार