राष्ट्रपतिले शीर्ष नेताहरुसंग छलफल गर्दै

१७ कार्तिक २०६९, शुक्रबार ०८:१६ मा प्रकाशित

काठमाडौं, १७ कत्तिक । राष्ट्रपति डा. रामवरण यादवले आज एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका  शीर्ष नेताहरु संग छलफल गर्दै छन् । बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासमा गर्न लागिएको सामुहिक छलफलमा वर्तमान राजनीतिक सङ्कट, बजेटलगायतका विषयमा छलफल हुने राष्ट्रपति कार्यालयलयले बताइएको छ ।
राजनीतिक सङ्कटको निकासका लागि दलहरुबाट भएका प्रयासको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिबाट शीर्ष दलनका शीर्ष नेताहरुलाई बोलावट भएको छ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । दलका शीर्ष नेताहरुले समयसीमा तोक्दै राजनीतिक निकास दिने पटकपटक बताए पनि सहमति हुन नसकेको अवस्थामा ठोस कदम चाल्नका लागि दलहरुलाई राष्ट्रपतिले पुनः आग्रह गर्ने सल्लाहकार दाहालको भनाई थियो । छलफलका लागि एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका अध्यक्ष तथा मधेसी मोर्चाका संयोजकलाई बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर