नेपालमै बनेको स्याटेलाइट ‘स्यानोस्याट-१’ आज प्रक्षेपण गरिँदै

२९ पुष २०७८, बिहीबार १३:१७ मा प्रकाशित

काठमाडौं । नेपाली स्याटेलाइट ‘स्यानोस्याट–१’लाई बिहीबार राती ९ बजेर १५ मिनेटमा स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ ।

विश्वकै धनी इलोन मस्कको कम्पनी स्पेस–एक्सको उक्त रकेटबाट नेपालमै निर्मित स्याटेलाइट अन्तरीक्षमा पठाइन लागिएको हो ।
अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्ने जनाइएको छ ।

स्पेनी कम्पनी फोसा सिस्टम्समार्फत उक्त स्याटेलाइट प्रक्षेपणको लागि स्पेस(एक्समा पठाइएको हो । यो स्याटेलाइटको लन्चिङ खर्च चाहिँ ४० लाख रुपैयाँ लागेको जानकारी दिए ।

ओरिएन स्पेसका रिसर्च तथा डेभलपमेन्ट इन्जिनियर जितेन थापाका अनुसार नेपाली समयानुसार ९ बजेर १५ मिनेटमा स्याटेलाइट रकेटमार्फत कक्षतर्फ पठाउन लागिएको छ ।

स्यानोस्याट–वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू–उपग्रह हो । सोही रकेटमा अन्य मुलुकले निर्माण गरेका स्याटेलाइट पनि पठाइने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन् । अस्ट्रियाका

सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको तयारी गरेको छ । पाँच डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा

काठमाडौं । नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो

आजको प्रमुख समाचार