न्यायाधिश बम हत्या काण्डाको प्रतिवेदन अक्षरस कार्यन्वयन गर्न सरकारको निर्देशन

१६ कार्तिक २०६९, बिहीबार १९:१९ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । सरकारले न्यायाधीश रणबहादुर बमको हत्याको सत्यतथ्य पत्ता लगाउन गठित उच्च स्थरिय छानबिन आयोगको प्रतिवेदन कार्यन्वयनका लागि गहृमन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार सॉझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रतिवेदनमा औल्याइएको कुराहरुलाई अक्षरस पालाना गरी कार्यन्वय गर्न पनि भनेको छ । गत १८ जेठमा न्यायाधिश बमलाई ललितपुर स्थित युएन पार्क नजिक हतियारधारी अज्ञात ब्यक्तिले गोलीहानी हत्या गरेका थिए । सरकारले बमको हत्या सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश प्रेम शर्माको संयोजकत्वमा प्रेमराज कार्की र नरेश गुरुङ सदस्य रहेको उच्चस्तरीय आयोग गठन गरेको थियो । आयोगले सरकारलाई बुधबार प्रतिवेदन आफ्नो बुझाएको थियो ।
त्यसैगरी सरकारले सरकारी पर्ती वन तथा अन्य जग्गाको भोग अधिकार स्वामित्व हस्तान्तरणका लागि शिक्षा मन्त्री दीनानाथ शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री बर्षमान पुका अनुसार बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका २८ जिल्ला अस्पतालको संगठनात्मक संरचनाका लागि पनि स्वीकृत प्रदान गरेको छ ।
मन्त्री पुनका अनुसार न्यायिक सेवा सरकारी वकिल समूह राजपत्रांकित प्रथम श्रेणीमा श्यामकुमार भट्टराई र रेवतीराज त्रिपाठीलाई बढुवा गरेको छ । कृषि सामाग्री कम्पनीको प्रबन्ध सञ्चालकमा पशुपति गौतमले दिएको राजीनामा स्वीकृत गर्दै उनको ठाउँमा शशिराज तुलाधरलाई कायममुकायमको जिम्मेवारी दिएको छ । त्यस्तै यही कात्तिक २० गतेबाट प्रधान सेनापति गौरव शमशेर राणा अष्ट्रेलिय भ्रमणमा जाने भएकोले भ्रमण अवधि भरका लागि रथी नेपालभुषण चन्दलाई कायममुकायम दिने निर्णय पनि गरेको मन्त्री पुनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार