सेक्सको भन्दा सोसियल मिडियाको चाहना बढी प्रवल

१६ कार्तिक २०६९, बिहीबार १६:३९ मा प्रकाशित

जर्मनीमा हालै गरिएको एक सोधले मानिसको चाहना सेक्समा भन्दा फेसबुक या टुवीटरजस्ता मिडियाको प्रयोगमा प्रवल बन्न पुगेको देखाएको छ । साइकोलोजिकल साइन्समा प्रकाशित विवरणअनुसार सोधमा २ सय ५ पुरुष र महिलामाथि सर्भेक्षण गरिएको थियो । तीमध्ये ज्यादाजसो व्यक्ति कलेजका छात्रछात्रा थिए । सोधमा स्मार्टफोनको सहारा लिइएको थियो भने उनीहरुको दिनप्रतिदिनको चाहना वा रुची जाँचिएको थियो ।
एकहप्तासम्म नित्य सातपटक उनीहरुको फोनको घण्टी बज्थ्यो, फोनमार्फत् उनीहरुले सर्भेक्षणमा हिस्सा लिनुपथ्र्यो, जहाँ उनीहरुलाई सोधिन्थ्यो कि यतिबेला तिमीलाई के कुराको चाहना भइरहेको छ र उक्त चाहनालाई कतिसम्म रोक्न सकिन्छ ?
त्यसो त सोधका क्रममा सेक्सको चाहना नै बढी रहेको जवाफ मिल्थ्यो तर इमेल या सोसियल मिडियाको प्रयोग गर्न पाए यौनचाहनालाई सजिलै काबुमा राख्न सकिने सहभागीहरुले जनाए । यसरी सोधकर्ताहरुले फेसबुक, ट्वीटरजस्ता मिडियाको प्रयोग गर्ने चाहना रोक्न ज्यादा कठिन हुने निश्कर्षमा पुगे ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप