शीर्ष बैठक निष्कर्ष बिहीन, सरकारको नेतृत्वमा कुरा अड्क्यो

१६ कार्तिक २०६९, बिहीबार १६:३८ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय सहमतिय सरकारको नेतृत्व कस्ले गर्ने विषयमा कुरा नमिलेपछि प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । सहमतिको अन्तिम प्रयास भन्दै बिहीबार साँझ बसेको बसेको बैठकमा सहभागी दलका नेताहरुले सरकारको नेतृत्वमा आ–आफ्नो दावी गरेपछि बिना निष्कर्ष सकिएको हो ।
तत्काल बजेट ल्याउनुपर्ने तथा सहमतीय सरकार निर्माण गर्ने विषयमा चौतर्फी दवाव परे पनि उनीहरुले आफ्नो अडान त्यागन सकेनन् । बैठकमा तीन दलका चार जना र मधेशी मोर्चाका दुई नेता सहभागी थिए । झण्डै दुई घन्टासम्म बसेको बैठकमा एकीकृत माओवादी अध्यक्ष दाहालले बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका थिए ।
बैठकमा सहभागि नेताका अनुसार प्रचण्डले प्रस्तावलाई बैठकमा सहभागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो प्रस्ताव सुन्न पनि नसक्ने प्रतिक्रिय तत्काल दिएको थिए, भने, बैठकको बातावरण पनि विथोलिएको थियो । छलफलमा निर्वाचनमा जाने विषयमा सहमति हुन सक्ने भए पनि सरकारको नेतृत्वमा कुरा मिलेन बैठकमा सहभागि एक नेताले बताए ।
बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको मिति, सदस्य संख्या, संविधान संसोधन र सहमतीय सरकारको विषयमा छलफल केन्द्रित भएको बताए । शुक्रबार पुनः दलहरुबीच छलफल गरी दलहरुबीच कुरा मिल्न सक्ने उनको भनाई थियो ।
त्यस्तै, एमाले अध्यक्ष झलनाथ खनालले शीर्ष नेताको छलफलमा कुनै सहमति नबनेको र शुक्रबार पनि सहमति हुने सम्भावना न्युन रहेको प्रष्ट्याए । ‘कुरा मिलेको छैन,’ खनालले भने, ‘भोलि पनि मिल्ने सम्भावना छैन ।’
कांग्रेस सभापति सुशील कोइरालाले कांग्रेस केन्द्रीय समितिले बुधबार गरेको निर्णय नै पार्टीको अडान भएको बताए । कांग्रेसले बुधबार पुनस्थापना हुन नसक्ने उल्लेख गर्दै नयाँ संविधानसभाको निर्वाचन गर्नुपर्ने निर्णय गरेको थियो । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयता विनाको संविधान स्वीकार्नै नसक्ने बताए । साथै, उनले अब निर्वाचनमा दलहरुले छलफल चलाइसकेको भन्दै संविधानसभा पुनस्थापनाको सम्भावना नभएको उल्लेख गरे ।
बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठनेता माधवकुमार नेपाल, फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार