सहमति जुटाउन बसेको प्रचण्ड र बैद्यविचको छलफल विनानिष्कर्स

८ चैत्र २०६८, बुधबार १८:२३ मा प्रकाशित

काठमाडौ, ८ चैत । पार्टीका आन्तरिक विवाद मिलाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड र असन्तुष्ट उपाध्यक्ष मोहन वैद्यबीच आज भएको छलफल विना निष्कर्स टुङगिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक बाट नै विवाद समाधान गर्न आग्रह गरे पनि बैद्यले यसअघिको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो केन्द्रीय समितिको बैठक बैठक बोलाउनु औचित्य हिन भएको तर्क गरेको थिए । उनले सहमतिको सरकार गठनकोलागी प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने आफ्नो अडान पनि बैठकमा प्रस्तुत गरेका थिए ।अध्यक्ष प्रचण्डको निवास लाजिमपाटमा भएको छलफलमा यसअघि केन्द्रीय समितिले गरेका निर्णय, वैद्य पक्षको आन्दोलन र फेरि बस्ने केन्द्रीय समिति बैठकमा विषयमा छलफल भएको थियो । उपाध्यक्ष वैद्य पक्षले प्रधानमन्त्रीको राजीनामालाई पहिलो एजेण्डा बनाएकाले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा, शान्ति प्रक्रियामा माओवादी लडाकूले पाउने सम्मानका पनि छलफल भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । आजै वैद्यपक्षले छुट्टै छलफल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन