कांग्रेस पूर्व साभासदहरु पनि चुनावमा जाने सम्वन्धी पार्टी निर्णयको विपक्षमा

१६ कार्तिक २०६९, बिहीबार १६:१६ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका पूर्व सभासद्हरुले पार्टी केन्द्रीय समितिले गरेको संविधान सभाकै अर्को निर्वाचनमा जाने भन्ने निर्णय प्रति आपति जनाएका छन् । कांग्रेसका ७६ पूर्व सभासद्हरुले आज संयुक्त नाम उल्लेख नगरी जारी विज्ञप्तीमा विवादीत विषयमा तत्काल सहमति कायम गरी छोटो समयको लागि संविधान सभा पुनःस्थापना गर्नु पर्ने भन्दै उनीहरुले पार्टी निर्णयको विरोध गरेका हुन् ।
उनीहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा वर्तमान राजनीतिक संकटको स्थायी समाधान, लोकतन्त्रको रक्षा, संघीयतालाई संस्थागत गर्न पुर्नस्थापनामा मात्र एकमात्र विकल्प भएको उल्लेख गछ । त्यस्तै उनीहरुले आमराजनीतिक सहमति, संवैधानिक मूल्य, मान्यतालाई पार्टीले उपेक्षा गर्न नमिल्ने जनाएका छन्।

कांग्रेस पूर्व सभासदद्धरा जारी गरीएको प्रेस  विज्ञप्तिको पूर्ण विवरण

१। लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र यसको विश्वव्यापी सार्वभौम परिभाषालाई स्थापनाकालदेखि नै पूर्ण रुपमा आत्मसात् गर्दै आइरहेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसले वर्तमान राजनीतिक संकटको स्थायी समाधान लोकतन्त्रको सम्वर्धन र संघीयतालाई संस्थागत गर्ने सवालमा आम राजनीतिक सहमति र संवैधानिक मूल्यरमान्यतारआदर्शलाई उपेक्षा गर्न मिल्दैन।

२। संविधान संशोधन जस्तो महत्वपूर्ण सवालका सन्दर्भमा जन निर्वाचित जनप्रतिनिधि मार्फत मुलुक चल्नु पर्दछ भन्ने मान्यता वोकेको ऐतिहासिक पार्टीले कार्यकारिणी मार्फत् संविधान संशोधन गर्न सकिन्छ भन्ने निर्णय गर्दा हामी आश्चर्यचकित भएका छौं।

३। हामी निर्वाचन विरोधी होइनौं। सहमतिका आधारमा संविधान जारी गरी संविधानमा भएको व्यवस्था अनुरुपको निर्वाचनका पक्षमा हामी छौं। यसै वाट मात्र देशले निकास पाउँदछ।

४। सवै राजनीतिक दलका बीच शीघ्र वार्ता र छलफल अघि वढाई विवादीत विषयमा सिघ्र सहमति कायम गरी छोटो समयको लागि संविधानसभा पुनर्स्थापना गरी संविधान जारी गर्न सवै पक्षसंग हामी हार्दिक आग्रह गर्दछौं।

( नेपाली कांग्रेसका संविधानसभा पुनर्स्थापना पक्षधर ७८ जना निवर्तमान सभासद्हरु)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय