अयोग्य लडाकुलाई राज्यकोषको रकम बाँडन पाइदैन : एमाले

१६ कार्तिक २०६९, बिहीबार १४:१२ मा प्रकाशित

काठमाडौं १६ कात्तिक । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले विस्तृत शान्ति संझौता, नेपाल सरकार र अनमिनबीच भएको सहमति समेतका आधारमा अनमिनद्वारा अयोग्य प्रमाणित गरिएका करीव तीन हजार पूर्व लडाकुहरुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णयप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको बताएका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाल सैन्य भर्ति गर्न नपाईने अन्तराष्ट्रिय अभिसन्धी विपरीत उमेर नपुगेका ब्यक्तिहलाई लडाकुका रुपमा स्थापित गर्ने र लडाकु समेत नरहेकालाई लडाकु सरह मान्यता दिन सरकारले गरेको यो निर्णय मानव अधिकार विरोधी कदम, नीतिगत भ्रष्टाचार र राज्यकोष दुरुपयोगको घीनलाग्दो नमुना हो भनेका छन् ।
खनालले विज्ञप्तिमा हाम्रो पार्र्टी राज्यकोषबाट करीव ६० करोड रुपैयाँ बाँडेर अयोग्य लडाकुहरुलाई आफ्नो राजनीतिक स्वार्थका निम्ति दुरुपयोग गर्ने एनेकपा (माओवादी) नेतृत्वमा संचालित सरकारको भ्रष्ट एवं घृणित कार्यको घोर बिरोध गर्दछ । उक्त निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछ भनिएको छ ।
त्यसैगरी, विगतको द्वन्दकालमा सुरक्षा अंग छाडेका भगौडाहरुलाई ‘राहत’ का नाममा राज्यकोषको दुरुपयोग गर्ने तयारी भइरहेको समाचारप्रति पनि हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै विज्ञप्तिमा हाम्रो पार्टी त्यस प्रकारको स्वेच्छाचारी एवं भ्रष्ट क्रियाकलाप अविलम्ब बन्द गर्न सरकारलाई आव्हान गर्दछ पनि भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार