प्रहरी प्रमुख नयाँ : बार्षिक कार्ययोजना र नारा पुरानै

१६ कार्तिक २०६९, बिहीबार १३:४६ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । नेपाल प्रहरीको प्रमुख पद (आइजिपी)मा कुबेरसिंह राना केही महिना अघि मात्र नयाँ प्रमुख चयन भएका थिए । प्रहरी संगठनका प्रमुखमा नियुक्त भए लगतै उनले संगठनलाई नयाँ र चुस्त गतिमा अघि बढाउने प्रतिवद्धता जनाए । तर, उनको प्रतिवद्धता भन्दा ठिक विपरित संगठनको कार्ययोजना र नारा पुरानै तय गर्दै सार्वजनीक गरिएको छ ।
प्रहरी संगठनको क्षमता अभिवृद्धि गर्न भन्दै प्रहरी प्रधान कार्यालयले एक बिहीबार सार्वजनीक गरेको बार्षिक कार्ययोजना र नारा सार्वजनिक गरेपछि यस्तो देखिएको हो । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता विनोद सिंहले आन्तरिक सुदृढीकरण र सुद्धिकरणमा केन्द्रीत कार्ययोजना सार्वजनिक गरेका थिए । सिंहले महत्वाकाक्षी कार्ययोजना भने पनि त्यसमा समेटिएका विषय भने सामान्य र अघिल्ला वर्षहरुकै जस्तै थिए ।
प्रवक्ता सिंहले सार्वजनीक गरेको महत्वकाक्षी भनिएको कार्ययोजनामा नागरिक सेवालाई केन्द्रविन्दुमा राख्ने, प्रहरीको व्यवस्थापन पक्षको क्षमता अभिबृद्धि गर्ने, अनुगमन, मुल्यांकन र सुपरिवेक्षणलाई बलियो बनाउने, पेपर लेस प्रहरी र हाँसेर सेवा दिने लगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ । सो कार्ययोजना तत्काल लागु हुने उनले बताए ।
यसैबीच प्रहरी कर्मचारीको कार्यशैलीको अनुगमन गर्न खटिएको दौडाहा टोलीको सिफारिसका आधारमा ५९ जना प्रहरीमाथि विभागीय कार्वाही प्रक्रिय अघि बढेको छ । अनुगमनका क्रममा संगठनको नीति विपरित काम गरेको देखिएकामाथि कार्वाही सुरु भएको प्रधान कार्यालयले बताएको छ । तर, कार्यालयले उनीहरुको नाम  गोप्य राख्दै सार्वजनीक गरेको छैन । कुवेरसिंह राना आइजिपी नियुक्त भएलगत्तै उनले एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल लगायत तीन एसएसपीलाई अनुगमनका लागि खटाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना