उपकुलपतिको राजीनामा माग गर्दै अस्पतालको सेवा बन्द गराए स्वास्थ्यकर्मीले

१६ कार्तिक २०६९, बिहीबार १३:१५ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । उपकुलपतिको राजीनामा माग गर्दै ललितपुरको लगनखेल स्थित पाटन अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीले अस्पतालको ओपीडी सेवा एक घण्टा बन्द गराएर आन्दोलनमा उत्रेका छन् ।
अस्पतालकी उपकुलपति डा. संगीता भण्डारीले एकलौटी ढंगले प्रतिष्ठानको नियम विपरीत काम गरेको आरोप लगाउँदै प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । उपकुलपति डा. भण्डारीले प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा आफुहरुलाई जानकारी नगराई पदपूति गरेको भन्दै आन्दोलनमा उत्रनु परेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार आन्दोलनको पहिलो कार्यक्रम स्वरुप बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालको ओपीडी सेवा बन्द गराएका हुन् । डा. भण्डारी दुई महिनाअघि मात्र प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु