प्रहरी र गाँजा तस्करबीच गोली चल्यो

१६ कार्तिक २०६९, बिहीबार ११:५८ मा प्रकाशित

सिरहा, १६ कात्तिक । सिरहाको तरेगना गोविन्दपुरमा प्रहरी र गाँजा तस्करबीच आज बिहान गोली हानाहान भएको छ । तरेगना गोविन्दपुर ८ स्थित खेतमा प्रहरी चौकी महेशवारीका सई मित्र गुरुङको टोली र गाँजा तस्करबीच गोली हानाहान भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । ।
घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गोली हानाहानपछि तस्करले छाडेको १ क्विनटल ५० किलो गाँजा प्रहरीले बरामद गरेको छ भने तस्करहरु फरार भएका छन् ।
प्रहरीलाई देखेपछि गाँजा तस्करले गोली चलाएपछि प्रहरीले पनि गोली चलाउन बाध्य भएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । तस्करले एक राउण्ड र प्रहरीले थ्रि नट थ्रि राईफलबाट तीन राउण्ट फायर गरेको उनले बताए । गाँजा तस्करहरु भारत जाँदै गरेको सूचना पाएपछि महेशवारीका सई गुरुङका टोलीले तस्कर आउने बाटो कुरेर बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा