दलिय सहमतिमा मात्र बजेट ल्याउनुस् : राष्ट्रपति

१६ कार्तिक २०६९, बिहीबार ११:४४ मा प्रकाशित

काठमाडौं १६ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरुहरुबीचको सहमतिमा मात्र बजेट ल्याउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् । बजेट र मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर राष्ट्रपति यादवले पराशर्म गर्न पुगेको प्रधानमन्त्री भट्टराईसंगको छलफलमा राष्ट्रपतिले यस्तो सुझाव दिएका हुन् ।
आज बिहान ९ बजेदेखि १० बजेसम्म शीतल निवास महारजगन्जमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको छलफलमा राष्ट्रपति यादवले फेरी पनि सहमति बिना बजेट र राजनैतिक निकास ननिस्कनेमा जोड दिँदै सहमतिमा जान प्रधानमन्त्रीलाई पुनः आग्रह गरेका थिए । ‘सहमति गरेर मात्रै बजेट ल्याउँदा तपाईलाई पनि सजिलो हुन्छ,’ डा.यादवको भनाई थियो, ‘मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्ने जिम्मेवारी तपाईकै हो, त्यसमा सहमति गरेर मात्र अघि बढ्दा राम्रो हुन्छ ।’ जवाफमा प्रधानमन्त्री भट्टराईले सहमतिका लागि आफूले पहल गरिरहेको जानकारी गराएका थिए ।
एक घण्टा लामो छलफलपछि बहिरीएका प्रधानमन्त्री भट्टराईले राष्ट्रपितको भनाइ उधृत गर्दै भने, ‘राष्ट्रपतिले चाँडै सहमति गर्नुस् र सहमितबाटै बजेट ल्याउनसु भन्नुभयो ।’ बजेट छिटै ल्याउन पर्छ भन्ने पक्षमा राष्ट्रपति रहेको रहेको उल्लेख गर्दै उनले आफू पनि बजेट ल्याने पक्षमा रहेको सञ्चारकर्मीलाई जानकारी गराए ।
प्रधानमन्त्रीले छलफल सौहार्दपूर्ण वातावरणमा भएको पनि बताए । ‘मैले दलहरुबीच भएको छलफलबारे राष्ट्रपतिलाई जानकारी गराए,’ उनले भने, ‘निर्वाचनमा जाने कि अर्को विकल्प खोज्ने विषयमा पनि दलहरुबीच छलफल भइरहेको छ।’ राष्ट्रपति डा.यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भोली शुक्रबार परामर्श गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ