बजेटका विषयमा प्रधानमन्त्रीले उद्यमीसंग परामर्श गर्दै

१६ कार्तिक २०६९, बिहीबार १०:१८ मा प्रकाशित

काठमाडौ, १६ कात्तिक । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले  सरकारले ल्याउने बजेटको तयारीका विषयमा आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उद्योगी व्यवसायीसंग परामर्श गर्दै छन् ।
उद्योगीहरुसंगको छलफलमा बजेट नहुँदाका समस्या र पूर्ण बजेटका लागि गर्नुपर्ने कामका विषयमा छलफल हुनेछ ।  छलफलमा अर्थमन्त्रालय, योजना आयोगका पदाधिकारी र अन्य मन्त्रालयका सचिवहरुको पनि सहभागिता रहेने प्रधानमन्त्रीको सचिवालयले जनाउको छ ।
छलफलका अर्थमन्त्रालयले अहिलेसम्मको बजेटको अवस्थासहितको कार्यपत्र समेत पेश गर्ने तयारी गरेको छ । बुधबार अर्थ मन्त्रालयल २०६९ कात्तिक महिनामा गर्नुपर्ने प्रस्ताविक कार्यक्रमको विवरण तयार गर्ने विषयमा छलफल गरेको थियो । अर्थसचिव शान्तराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले तयार गरेको प्रगतिबिबरण सहितको प्रतिवेदन पेस हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार