संयुक्त बैठकका लागि दलहरु आन्तरिक छलफलमा ब्यस्त

१६ कार्तिक २०६९, बिहीबार ०९:११ मा प्रकाशित

काठमाडौ, १६ कात्तिक । आज दिउँसो हुने भनिएको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकको तयारीका लागि प्रमुख दलका शीर्ष नेताहरु विहानै देखि आन्तरिक छलफलमा जुटेका छन् ।
उनीहरुले आन्तरिक छलफलबाट निश्किएको निष्कर्ष दियसो बस्नो शीर्ष बैठकमा पेश गर्ने बताएका छन् । मधेसी मोर्चाका नेता एवं संचारमन्त्री राजकिशोर यादवले बिहीबार विहान आन्तरिक छलफल गर्ने र दिउँसो संयुक्त बैठक बस्ने र सोही अनुसारको तयारी भएको बताए ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वर्तमान राजनीतिक संकट, त्यसको समाधानका उपाय र बजेटका विषयमा छलफल हुनेछ । छलफल हुने भनिएपनि समय भने अहिलेसम्म टुंगो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार