७४ न्यायाधीश पदमा साढे आठ सय दरखास्त

१६ कार्तिक २०६९, बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । जिल्ला र पुनरावेदन अदालतका लागि खुलाइएको ७४ न्यायाधीश पदमा साढे आठ सय दरखास्त परेका छन् । न्यायपरिषद्ले आह्वान गरेको न्यायाधीश पदका लागि अन्तिम दिन बुधबारसम्ममा योग्यता पुगेका सरकारका उच्च अधिकृत, कानुन व्यवसायी र दुई पत्रकारसहित करिब साढे आठ सयले दरखास्त दिएका हुन् ।
परिषद्का सदस्यसचिव जीवनहरि अधिकारीका अनुसार ४२ जिल्ला न्यायाधीश पदका लागि करिब १ सय ८३ र ३२ पुनरावेदन अदालतका लागि ५ सय ३६ दरखास्त दर्ता भएका छन् । पुनरावेदन अदालतका लागि थप १ सय ५० भन्दा बढी इमेल र हुलाकबाट आएका दरखास्त टिपोट गरिनसकेको सदस्यसचिव अधिकारीले बताए । लामो समयदेखि जिल्ला र पुनरावेदनमा न्यायाधीश पद रिक्त हुँदा न्याय सम्पादनमा समस्या परिरहेका बेला परिषद्ले एक महिनाअघि दरखास्त आह्वान गरेको थियो । गोप्य रूपमा दरखास्त लिने र न्यायाधीश नियुक्त गर्ने परिपाटी अन्त्य गर्दै परिषद्ले पहिलोपटक सार्वजनिक रूपमा आह्वान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा