अन्तर्राष्ट्रिय कम्प्युटर मनोरञ्जन सम्मेलन नेपालमा गरिदै

१६ कार्तिक २०६९, बिहीबार ०८:५८ मा प्रकाशित

काठमाडौ, १६ कात्तिक । नेपालमा नवौं अन्तर्राष्ट्रिय कम्प्युटर मनोरञ्जन सम्मेलन हुने भएको छ । विकसित देशले कम्प्युटर मनोरञ्जनका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई विकासोन्मुख देशलाई जानकारी गराउन यो सम्मेलनको गरिन्छ । त्यसै अन्तगत  कम्प्युटर मनोरञ्जनसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गरिने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, जापानी दूतावास, सूचना प्रविधि केन्द्रलगायत विभिन्न निकायद्वारा संयुक्तरुपमा नेपालमा पहिलो पटक आयोजना हुने सो सम्मेलनमा नेपाललगायत संयुक्तराज्य अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया र भारतका एकसय कम्प्युटर प्राविधिज्ञले सहभागिता रहने छ ।
यही कात्तिक १८ गतेदेखि २० गतेसम्म सोल्टी होटलमा हुने सम्मेलनमा कम्प्युटर मनोरञ्जनसम्बन्धी भिडियो खेल, रोबर्ट खेल, मोबाइलका खेलका बारेमा भइराखेका अध्ययन अनुसन्धान बारेमा कार्यपत्र प्रस्तुत हुनुका साथै छलफलसमेत हुनेछ ।
सम्मेलन आयोजक संयोजक आस्मी राणाले यस प्रकारको सम्मेलनमा नेपालमा पहिलोपटक आयोजना हुन लागेको जानकारी दिए । नेपालमा कम्प्युटर मनोरञ्जनका क्षेत्रमा कति व्यापार हुन्छ भन्ने एकीन जानकारी छैन । कम्प्युटरका सफ्टवेयर र हार्डवेयर जस्तै कम्प्युटर  गेम ९कम्प्युटर मनोरञ्जन० पनि त्यत्तिकै रुपमा बिक्री वितरण भइराखेको बताइन्छ ।
सम्मेलनका साथसाथै कम्प्युटर मनोरञ्जनसम्बन्धी प्रदर्शनी पनि आयोजना हुने भएको छ । कम्प्युटर मनोरञ्जनका बारेमा सर्वसाधारणको पहँुच पु¥याउन प्रदर्शनी आयोजना गर्न लागिएको प्रदर्शनी संयोजक समीर थापाले  जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सन् २०२० को सुरुवातमा विश्वभर कोरोनाभाइरसको महामारी फैलियो । कोरोनको कहरकाबीच विश्वका केही स्थानमा ५जी मोबाइल टावरमाथि हमला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीकाे मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही

काठमाडौं ।फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको

न्युयोर्क । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले

आजको प्रमुख समाचार